Section 8
दण्ड सजाय

(१) दफा ३ वा ३क. उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीको आदेशले कसूरको मात्रा हेरी हानी नोक्सानी भएकोमा बिगो बराबरको क्षतिपूर्ति भराई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ । हानी नोक्सानीको मूल्याकंन गर्दा प्राविधिक अधिकारीलाई संलग्न गराउनु पर्नेछ ।
(२) दफा ४ वा दफा ५ अन्तर्गत निकालिएको आदेशका कुनै कुरा उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीका आदेशले दुई हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(३) उपदफा (१) र (२) मा लेखिएको दण्ड सजायमा कुनै प्रतिकूल प्रभाव नपारी यो ऐन वा यस ऐन अन्तर्गत बनेका नियम वा निकालिएका आदेशका कुनै कुरा उल्लघंन गर्ने वा गर्न दुरुत्साहन गर्ने व्यक्तिलाई स्थानीय अधिकारीका आदेशले एक हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।
(४) यो ऐन अन्तर्गत कसूरदार सावित भएको व्यक्तिको साथमा रहेको सो कसूरसँग सम्बन्धित सबै हतियार, सामान र चीज वस्तुहरु समेत स्थानीय अधिकारीका आदेशले जफत हुनेछ ।
(५) यो ऐन अन्तर्गत भएको जरिवानाको रुपैयाँ तोकिएको म्यादभित्र कसूरदारले बुझाउन नल्याएमा सरकारी बाँकी सरहको कारवाई गरी निजबाट असूल उपर गरिनेछ ।